सम्झनाको तरेलीमा
नारायण सापकोटा
s.l.c २०५९
माघको महिना तराइको धुम्म परेको मौसम साझ पर्ने आटेको बेलामा बाख्रा खेदेर
घरमा जाने तरखरमा थिए एक्कासी मेरी बाल साखा लक्ष्मी कुदेर आइपुगिन। तराइको धन काटे पछि को घुल्ला फाँटमा। उनको स्वास बढेर आइरहेको थियो। उनि मलाइ केहि
भन्न खोज्दै थिइन्। एकछिन पछी उनले त्यो
खबर बताइन- मेरो पोखरा बाट एउटा चिठी आएको छ
भनेर । उनले त्यो पनि भनिन कि म
गण्डकी बोर्डडिंग स्कूलमा पास भए भनेर। एकछिन आफै पत्ताईन् होइन होला भन्ने मात्रै पर्यो। त्यो खबर झुटो
होला भनेर। मेरो त्यो बाल सुलाभ मनमा के
खेल्यो अहिले ठयाक्कै भन्न त म
सक्दिन तर मलाई तेसै तेसै कुदेर घरमा जानु मन लाग्यो। बाख्रा लक्ष्मी लाइ खेद्न
लगाएर म घर तिर टाप कसे। मेरो घरमा एक
किसिम को बेग्लै माहोल थियो मान्छे जम्मा भैसकेका थिए। सबैले मलाई बधाई दिन थाले ।
म त खुसि भए कि अलमल भए केहि भन्नि सक्दिन।
सबैले मलाई हेर्ने नजर फेरिएको । एक सानो
परिचय बिहिन बालक आज सबैको नजर को पात्र
हुनुको गर्ब तेसका बाजे हासो उठेर आउछ अहिले। तेस्पछि मेरो ठुल्दाजु ले भोलि नै पोखरा जाने कुरो गर्नु
भो। एक पटक सबैलाई सम्झे मेरा बाल सखा लक्ष्मी, शिव। हो म उनीहरुलाई छोडेर जादै छु। म उनि हरुसंग
इट्टा को गाडी खेल्न पाउने छैन, नहर मा गएर पौडी खेल्न पाउने छैन .....हो म पराइ
ठाउमा जादै छु। तर फेरी मन बुझाए जस्तो लाग्छ।
बिहानै
बुटवल हुदै पोखरा जाने कुरो लगभग पक्का भो। रात भरि निद्रा लागेन। सबै कुरा सम्झिए ....बिहानै उठियो पनि तयार भएर
जाना लागियो । तेही बेला मा मेरी ठुली आमाले रु. २० दिनु भो बाबु बिस्कुट खायेस
भनेर।
रात भरि को नाइट बसको यात्रा , बिहानै पोखरा पुगियो। ओह हो पोखरा कति राम्रो
माछापुच्छ्रे आइना जस्तै तर तेस्का बजे जाडो त के भन्नु र खै। एउटा होटेल मा खान
खै ओरि हामि एउटा ठुलो गेट भएको ठाउमा
आइपुग्यौ। स्कूल मा दाजुले कके के गर्नु
भो सायद मेरो चासो परेन या मैले बुजिन। १० बजे अली अली नबुजिने आवाज भएको दुब्लो
दुब्लो मान्छे संग कुरा भो। पछि थाहा भो उहा त दयाराम सर पो हुनुहुदो रहेछ। सबै प्रक्रिया पुरा गरि एक महिना पछि स्कूल लाग्ने भनेर घर फर्कियो मा ध्र्रै खुसि भए किनकि
१ महिना भित्र मा फेरी ईट्टा को गाडी खेल्ने छु साथि भाइ संग मज्जाले नहर मा पौडी
खेल्ने छु।
एक महिना तेत्तिकै बित्यो। २०५२ साल फागुन ३ गते पोखरा को लागी लागियो। स्कूल मा
पुगेर ओफ्फिस बाट सबै समान बुजियो र होस्टेल को बास। आमा को काख बाट ९ वर्षकै उमेर
मा रात बिताउनु को पिडा। हिमाल चुली होस्टेल को ड्रोमैत्री १ को झ्याल निर को बुंक
बेड को माथि ...
सुरुमै भेट भए मेरो जन्म थलो आर्घखाचिका साथी सुरेन्द्र आचार्य जसलाई हामि पछि
भैरुस भनेर जिस्काउथियौ। तेसै गरि गुल्मी
का साथी सुशील खरेल मेरा मिल्ने साथि भए। कारण सुरेन्द्र अर्को सेक्सन। पहिलो दिन बेलुकी को खाना खाने बेलामा अच्चम को
घटना भो। त्यो दिन सायद सोमबार थियो र डाइनिंग हलमा खाना को बेला मासु रहेछ म मासु
खान थाल थाप्दै थिए एक्कासी बामदेव सरले भैसीको मासु खान्छ भन्दा मैले एक्कासी थाल
हटाउदा मामाले दिन लागेको मासु भुइमा खसो ...सायद लम्बु ममा होला।
आर्को दिन स्कूल जाने दिन बिहानै खान खाइ ओरि ड्रेस लगाउने बेला मा टाई लगाउन नजानेर
तेस्का बाजे। आफुले चिनेका सुरेन्द्र र
सुशील तेसमाथि म जस्ता ल्वाठ। बडो फसाद
पर्यो धन्न हाम्रा होस्टेल गुरु गणेश सरले
बनाइँदिनु भो।
स्कूल गएपछि आर्को चटक मैच्यांग गुरु आमा आउनु भो नेपाली मा सबै भनेर जानु भो ,तेस्पछि
दिल शोभा मम्यम इन्लिश मा मकै भुटे जस्तै
पट्ट. आफ्नो १२ बाजी हाल्यो नि। केहि बुजिन। ओह हो कस्तो ठाउमा आए भनेर आफैलाई
ताजुब लागो रुन मन पो लाग्यो। मैले अरुले
जस्तो कसरि होला बुज्ने? गाउ मा जाने पल्टेको म तेहा कुहिरोको काग पो भैयो।
इन्ग्लिश न जान्नेलाई छुट्टै क्लास को बेबस्था हुने भो। माया ठकुरी म्याम न
भएको भए मेरो हालत के हुने थियो ? उहाको माया र सिकाईले फर्स्ट टर्मिनल मा फर्स्ट
डीभिजन मा पास भैयो। तेस पछाडी मलाइ फर्केर हेर्नु परेन। पछि पछि म त जान्ने मा पो गनिन पुगे। रमाइलो लाग्दै
गयो। निरन्तर पढ्दै गए। केहि गर्न सक्छु जस्तो लाग्यो। साथि भाइ चिनियो। सहयोग पाइदै गइयो। मैचंग म्याम को लाइफमा ठुलो हात छ। पहिलो दिन
देखि नै हौसला न भएको भए सायद मात्र सायद मा यो ठाउमा आउथे होला ??????????उहा का
प्रेरक गीत कथा आदि आज सम्झेर मुसुक्क हास्न पाउदा आनन्द हुन्छ। उहा र चंद्रकात सरले
गर्दा जानी न जानी कबिता लेख्ने भएको छु। उहाको
प्रेरणाले ४ क्लास मा लेखेको कविता अझै याद आउछ –
घर तिर जादा हेर हरियाली बन
छहारीमा बस्दा खेरि खुसि हुन्छ मन\\\\\\\
पार्वती म्याम क अमरका कथा सुनेर आफुपनि तेस्तै बहादुर र ज्ञानी बनु जस्तो
लाग्थ्यो। ति कथा कसरि भुल्न सकूँ ला र ? उहाले सिकाएको आर्को गीत याद आउछ –
green green green ......
green all around...
गण्डकी का सम्झना कति हो कत्ति छन् बयान गरि साध्य छैन ...म पुरानो भएहोला तर
सम्झना ताजै छ मन मा। स्टुडि आओरको सम्झंना। साथीभाई संग का रमाइला पल। मोजाको बलको क्रीकेट। बनक ब्याट को
क्रिकेट।
आज गण्डकी बाट टाढा भएपनी ति सम्झनाले कहिले टाढा बन्न दिदो रहेनछ, गण्डकीको ५० बर्ष पुगेको खबरले त
आझै गर्बले छाती फुलेर आउछ। सबैलाई मेरो
स्कूल भनेर भन्न पाउदा सिर ऊचो हुन्छ।
आफ्नो कार्य क्षेत्र मा सफल हुदा मेरो गण्डकी को कारणले भन्न पाउदा जति आनन्द
अरु मा हुदो रहेन छ। आज गण्डकी बाट भौतिक
रुपमा बिदा भएको १२ वर्ष पुग्यो। तेस्पछी कति ठाउँमा पढीयो तर मेरो भन्न आउदै आउदैन। म
जहाँ भए पनि मेरो सफलतामा गण्डकी छ मेरो नशा नशा मा गण्डकी छ रही रहने छ। प्रमोद खरेलले गाए जस्तै
म छु यहा धेरै टाढा मेरो मन छ पोखरामा ......
ईति